दफा ५४
सरकारी सहयोग
: (१) यस सम्झौताबमोजिम पेट्रोलियम कार्य गर्नलाई आवश्यक सरकारी अनुमति, दर्ता, इजाजत, प्रवेशाज्ञा र अन्य सहमति तथा अधिकार प्राप्त गर्ने काममा विभागले ठेकेदार र निजको कटकेन्दारलाई सहयोग गर्नेछ ।
(२) ठेकेदारलाई सहयोग गर्न विभागले दुईजना (वा ठेकेदारको अनुरोधमा दुईजना भन्दा बढी) प्रतिनिधि स्थायीरूपले खटाउने छ । ती प्रतिनिधिहरूको निमित्त लाग्ने मनासिब खर्च विभाग र ठेकेदारले छलफल गरी निर्धारण गरेबमोजिम ठेकेदारले व्यहोर्नेछ ।